अटोबाट खस्दा एकजनाको मृत्यु

बाजुरा, ४ कार्तिक । बाजुरामा अटोबाट खस्दा एकजनाको मृत्यु भएको छ ।
साँफे–मार्तडी सडकअन्तर्गत पर्ने द्वारी खोल्सामा अटोबाट खस्दा बुढीगङ्गा नगरपालिका–२ बजेडीका ४० वर्षीय मोती विकको मृत्यु भएको हो ।
मार्तडीबाट बल्दे आउँदै गरेको सु.प.प्र ०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाइते भएका विकको उपचारका लागि जिल्ला अस्पताल बाजुरा लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
चालक अहिले प्रहरीको नियन्त्रणमा छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


