महोत्तरी, २ कार्तिक । महोत्तरीमा गुडिरहेको म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बर्दिबास नगरपालिका–८ सानो किशानमा बुधबार गुडिरहेको म्याजिक भ्यानबाट खसेर स्थानीय नरबहादुर राईका ७ वर्षीय छोरा पृथ्वी राईको मृत्यु भएको हो ।

ना ३ च ५७५३ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका बालक राईको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।