खानेपानीका इन्जिनियर २८ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं, २ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित दुई इन्जिनियरलाई पक्राउ गरेको छ ।
रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नम्बर–३ मा कार्यरत इन्जिनियरद्वय नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


