काठमाडौं, २ कार्तिक । काठमाडौंमा बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको थियो । सिन्धुपाल्चोक केन्द्रविन्दू भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यका, धादिङ, गोरखा, काभ्रेलगायतका जिल्लाहरुमा महसुस भएको थियो ।