नेकपाको महासचिवमा पुनः विप्लव चयन

काठमाडौं, २ कार्तिक । नेकपाको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः विप्लव चयन भएका हुन् ।
असोज २५ गतेदेखि कपिलवस्तुमा आयोजना गरिएको महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य पनि चयन भएका छन् ।
महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जनाइएको छ । २०७० साल मंसिरमा विप्लवले आफ्नै नेतृत्वमा नेकपा गठन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


