आचारसंहिता कार्यान्वयन गर्न आयोगको ७ बुँदे लिखित निर्देशन

काठमाडौं, २ कार्तिक । निर्वाचन आयोगले नर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई विभिन्न निर्देशन दिएको छ ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति प्रकाशित गर्दै ७ बुँदे निर्देशन दिएका हुन् ।
आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचारप्रसारको लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएकोसमेत आयोगले जनाएको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नका लागि राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न ७ बुँदे लिखित निर्देशन दिएको हो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


