घरदैलोको क्रममा बिरामीहरुको चेकजाँच गर्दै डाक्टर झा

जनकपुरधाम, १ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा ३(क) को प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्नकुमार झाले घरदैलोमा नयाँ प्रयोग गरेका छन् ।
डा. झाले घरदैलोकै क्रममा बिरामीहरुको चेकजाँच गर्न सुरु गरेका छन् ।
मंगलबार नगराईन नगरपालिकामा उनले बिरामीहरुलाई चेकजाँच गर्दै मत मागेका थिए । उनी नगराइन नगरपालिकाको देवडिहा, खिरखीरिया, नवटोलीमा घरदैलोका लागि पुगेका थिए ।
आफ्नो पक्षमा मत माग्दै उनले युवाहरुको भविष्य सुरक्षित गर्नका लागि जनमत पार्टीलाई मतदान गर्न आग्रह गरे । उनले यसअघिका सबै दल र नेताको कार्यशैलीबाट जनता परिचित भइसकेकाले अब जनमत पार्टीमाथी नै मतदाताले विश्वास गर्ने बताए ।
अन्य दल कुर्सीको लडाईमा मात्रै व्यस्त रह्ने गरेकाले युवाहरुलाई देशभित्रै रहेर केही गर्न सक्ने वातावरण सिर्जना गर्नका लागि आफ्नो पक्षमा मतदान गर्न झाले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


