पर्सा, १ कार्तिक । पर्सा प्रहरीले चोरीका पाँचवटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरि गरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज–१३ का सुमित कुशवाहा, वीरगञ्ज–१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज–११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।

यसैगरी पोखरिया नगरपालिका–६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।