निर्वाचन आयोगले प्रधानमन्त्री कार्यालयलाई सोध्यो स्पष्टीकरण

काठमाडौं, १ कार्तिक । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा समेत सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गरिरहेको छ ।
निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको थियो ।
त्यसैगरी कुनै क्षेत्र वा भेगका मतदातालाई प्रभावित पार्नेगरी अरु निर्णय समेत भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पठाउने जवाफका आधारमा आयोगले थप निर्णय गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


