काठमाडौं, १ कार्तिक । सत्तारुढ गठबन्धनले मंगलबार जारी गरेको संयुक्त अपिलमा राष्ट्रिय जनममोर्चाको भने हस्ताक्षर देखिएन ।

देशमा स्थिरता, विकास र समृद्धिका लागि गठबन्धनमा आबद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको मात्रै हस्ताक्षर देखिएको छ ।

हस्ताक्षर नभएको विषयमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू बाग्लुङमा रहेकाले किन हस्ताक्षर नभएको भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए । उनले आफू चुनावी अभियानमा रहेको जानकारी दिए ।

जसपा बाहिरिएपछि गठबन्धनमा भित्रिएको लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि अहिलसम्म गठबन्धनका शीर्ष नेताहरुसँग संयुक्त हस्ताक्षर गरेका छैनन् ।