जनकपुरधाम, १ कार्तिक । पत्रकार सुजीतकुमार झाले पाँचवटा पुस्तकको मैथिली भाषामा अनुवाद गरेका छन् ।

विद्यालय जानवाट बञ्चित तथा बीचैमा विद्यालय छाडेका किशोरीहरुलाई पढाउन स्ट्रिट चाइल्ड अफ नेपालको सहयोगमा जानकी महिला जागरण समाज जनकपुरधामले ‘जीवन उपयोगी शिक्षा सहजीकरण पुस्तिका’ भनेर पाँचवटा पुस्तक प्रकाशित गरेको छ ।

नेपाली भाषावाट मैथिलीमा अनुवाद गरिएको यो पुस्तक केहीदिनमै धनुषा र महोत्तरी जिल्लाका किशोरीहरुलाई पढाइनेछ ।

पत्रकार झाको यो सहित १५ वटा पुस्तक प्रकाशित रहेको छ । अनुवादमा ६ वटाका साथै अन्य ९ वटा साहित्यका पुस्तकहरु छन् ।

वालकथा संग्रह ‘कोइली घूरि आउ’, ‘तितलीसँग दोस लगाएब’, कथा संग्रह ‘चिड़ै’, ‘जिद्दी’, ‘बुलबुल’, ‘खजुरीबाली’, ‘गन्ध’, रिपोताजहरुको संग्रह ‘रिर्पाेटर डायरी’का साथै ‘पुनि पुनि होत विवाह’ रहेको छ । झाले यसअघि नेपालीबाट ‘बान्हल हाथसभ’ पनि मैथिलीमा अनुवाद गरेका छन ।

मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पत्रकार झा तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् ।