सप्तरी, १ कार्तिक । सप्तरीको राजविराजमा जनप्रतिनिधिमाथि प्रहरीकै रोहबरमा निर्घात कुटपिट गरिएको आरोप लगाइएको छ ।

राजविराज नगरपालिका–१५ देउरि भरुवाका वडा सदस्य लक्ष्मी यादवमाथि प्रहरीकै रोहवरमा स्थानीय पिन्टु यादवले निर्घात कुटपिट गरेको आरोप लागेको हो ।

यादवले आफूलाई जिल्ला प्रहरी कार्यालय जानु पर्छ भन्दै राति साढे ११ बजेको समयमा घरबाट जाने क्रममा बिच बाटोमा निर्घात कुटपिट गरेको आरोप लगाए ।

राजनीतिक रिसिविइका कारण गत असोज महिनामा जिल्ला प्रहरी कार्यालय सप्तरीका घुमुवा टोलिले चोकमा रहेको पसलबाट आफूलाई पक्राउ गरि ल्याउने क्रममा बिच बाटोमा स्थानीय पिन्टु यादवले प्रहरीकै सामुन्ने निर्घात कुटपिट गरेको वडा सदस्य यादवले आरोप लगाए ।

कुटपिटबाट गम्भीर घाइते यादवको तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हतकडि लगाएर उपचार भइरहेको पीडितका परिवारजनले बताएका छन् ।

कुटपिटबाट वडा सदस्य यादवको छातिमा गम्भीर चोट लागेको तथा त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागि विराटनगर लगिनु पर्ने चिकित्सकहरुले बताएको पीडितका आफन्तले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश सिंहले कुटपिट गरेको बिषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।