महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

महोत्तरी, १ कार्तिक । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–२ बस्ने सञ्जय ठाकुरका १३ वर्षीय छोरा अंकित ठाकुर रहेको प्रहरीले जनाएको छ ।
अस्पताल चोक नजिकै रहेको पोखरीमा बिहान नुहाउन गएका अंकित एक्कासी पोखरीमा डुबेको थियो । उनलाई तत्कालै पोखरीबाट निकालेर प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो ।
अस्पताल पुर्याउनु अगाडि नै उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बालकको शव पोष्टमार्टम् गरी परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


