युवा उम्मेदवारलाई अवसर दिन डा. प्रसन्न झाको आग्रह

जनकपुरधाम, ३१ असोज । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (क) मा जनमत पार्टीको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्न झाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
झाले सोमबार धनौजी गाउँपालिकाको भररिया र बहुअर्वामा घरदैलो कार्यक्रम गरेका हुन् ।
झाले यसअघि यहाँका मतदाताले जिताएको प्रतिनिधि भ्रष्टाचारमै चुर्लुम्म डुबेको कुरा जनताले बुझिसकेकाले अब युवा उम्मेदवारलाई अवसर दिन आग्रह गरेका थिए ।
भ्रष्टाचारलाई जड़ैदेखि निर्मूल नपारिएसम्म प्रदेश र देशको विकास नहुने बताउँदै झाले स्वच्छ छविका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
उनले भने, ‘मधेस प्रदेशको शिक्षा र स्वास्थ्यको अवस्था त जर्जर छ नै त्यसमाथी भौतिक संरचना निर्माणमै करोडौ खर्च गरिएपनि विकासको अनुभूति हुन सकेको छैन् । विकासको नाममा करोडौँ खर्च हुन्छ तर काम कागजमै सीमित हुन्छ ।’
उनले यस्तै परिपाटीको अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


