मानवशास्त्री ओम गुरुङको निधन

काठमाडौं, ३१ असोज । मानवशास्त्री ओम गुरुङको निधन भएको छ । हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षीय गुरुङको सोमबार निधन भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिका अध्यक्ष समेत थिए ।
उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।
विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने निकटस्थले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


