शताब्दीपुरुष जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं, ३१ असोज । शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो ।
उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


