सर्लाहीबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

सर्लाही, ३१ असोज । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका–२ बस्ने २५ वर्षीय संतोष साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको साईकलमा सवार साहलाई रोकी चेकजाँच गर्दा उनको साथबाट ९ सय पिस नाईट्राभेट ट्याबलेट बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


