जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर यादव ५ हजार घुससहित पक्राउ

पर्सा, ३१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
सोमबार अख्तियारको हेटौंडा कार्यालयबाट खटेको टोलीले जिल्ला प्रशासनको मुद्दा शाखामा छापा मारेर यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीसँग लिएको ५ हजार रुपैयाँसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
१ हजार ६ सय रुपैयाँ जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी यादवले सेवाग्राहीसँग रकम माग गरेको बुझिएको पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


