सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

सर्लाही, ३१ असोज । सर्लाहीमा सोमबार यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
जिल्लाको ईश्वरपुर नगरपालिका–१२ मा सोमबार बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका–७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागि झापातर्फ पठाइएको छ ।
अन्य घाइतेहरूको गढिमाई अस्पतालमा उपचार भइरहेको छ ।
काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर सोमबार बिहान ३ बजे पल्टिएको थियो ।दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्किसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


