सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेको बस्नेतको दाबी

काठमाडौं, ३० असोज । नेकपा एमालेबाट भक्तपुर–२ का उम्मेदबार महेश बस्नेतले सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् ।
प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धनकै कार्यकर्ताहरू रहेको पाएको दाबी गरेका हुन् ।
’गठबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ’त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’
यही कारण आफूहरूले ती कार्यकर्तासँंग भेटिरहेको उनको भनाइ थियो । आफू विजयी भए भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताए ।
पछिल्लोपटक दोब्बर मतले विजयी भएकोमा योपटक दोब्बर होइन, तेब्बर बढी मतले विजयी हुने उनले दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


