काठमाडौं, ३० असोज । प्रहरीले अवैध लागूऔषधसहित काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट नियन्त्रित लागूऔषध नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल र नगद २ हजार ५ सय रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१३ डुमरगाँउबाट ५ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय सरोज महरा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ हरिगवा स्थित आँपको बगैँचाबाट १३ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित सोही नगरपालिका–१२ मानपुर बस्ने ३१ वर्षीय ओम प्रकाश पाललाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनको शरीर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।