प्याराग्लाइडिङ खेलाडीको आकाशबाट खसेर मृत्यु

पोखरा, ३० असोज । पोखरामा एक प्याराग्लाइडिङ खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ ।
नवौं राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको प्याराग्लाइडिङ खेलका क्रममा मृत्यु भएको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको बताइएको छ ।
उनि सारङकोटबाट उडे लगत्तै झण्डै एक सय मिटरमाथिबाट खसेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


