प्युठान, ३० असोज । कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ मानागाँउ बस्ने ३४ वर्षीय सुशिल बहादुर पुन मगर छन् ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी बस चालक सुशिललाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।