जसपासँग चुनावी गठबन्धन गरेको भन्दै एमाले नेता न्यौपानेले गरे पार्टी परित्याग

काठमाडौं, २९ असोज । जनता समाजवादी पार्टी नेपालसँग चुनावी गठबन्धन गरेको भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै न्यौपानेले जसपासँग पार्टीले गठबन्धन गरेको प्रति घोर आपत्ति जनाउदै राजीनामा दिएका हुन् । देश र जनताको पक्षमा नभई विदेशीको इशारामा जसपासँग गठबन्धन गरेको उनको आरोप छ ।
उनले चुरे भावर आन्दोलनका सहिद र घाइतेप्रति उच्च सम्मान गर्दै आजकै दिनबाट स्वतन्त्र भई देश र जनताको हितमा रही काम गर्ने उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


