तिनाउ नदी तर्ने क्रममा एकजना बेपत्ता

बुटवल, २९ असोज । तिनाउ नदी तर्ने क्रममा बुटवलमा एकजना बेपत्ता भएका छन् ।
बुटवल–११ सिरानगाउँ मजुवा ३ नम्बर टोल निवासी डिल्लीराज अर्याल तिनाउ नदी तर्ने क्रममा बगेका हुन् ।
उनी लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय गर्दै आएका थिए ।
बेपत्ता अर्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


