जनकपुरधाम, २९ असोज । सत्तारुढ गठबन्धनले जनकपुरधाममा नगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

गठबन्धनले शनिबार चुनाव प्रचार प्रसारलाई लक्षित गरी नगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको हो ।

भेलामा धनुषा क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य पदका गठबन्धनका साझा उम्मेदवार अनिलकुमार झा, ३(क) तर्फ प्रदेश सभा सदस्यका उम्मेदवार राम सरोज यादव र ३(ख) का उम्मेदवार परमेश्वर साहलगायतकाहरुको उपस्थिति रहेको छ ।

गठबन्धनले यसअघि आजै धनुषाको नगराईन नगरपालिकामा पनि कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।