काठमाडौं, २९ असोज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

थपलियाले आयोगले निर्वाचन कानुन अनुसार आफ्नो कार्य सम्पादन गर्दा पनि प्रेस स्वतन्त्रता विरोधी गतिविधि गर्यो भनेर केही निकायले भन्ने गरेको उल्लेख गर्दै त्यस्तो दुष्प्रयास नगर्न सचेत समेत गराएका हुन् ।

उनले प्रेस काउन्सिल नेपाललाई पनि आयोगमाथि अझ बढी निगरानी राख्न गम्भीर बन्न आग्रह गरे ।

थपलियाले निर्वाचन आयोगले निर्वाचन कानुन र संवैधानिक मूल्यमान्यता बमोजिम निर्वाचनको कार्य सम्पादन गर्नका लागि विभिन्न निकायहहरुलाई निर्देशन दिन सक्ने व्यवस्था रहेको पनि स्मरण गराए ।