जनताको आशीर्वाद पाएर अत्यन्त उत्साहित छु : दिपेन्द्र ठाकुर

जनकपुरधाम, २८ असोज । आसन्न निर्वाचनका लागि एमाले–जसपा गठबन्धनको तर्फबाट धनुषा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो र प्रदेश सभातर्फ ३ (२) का उम्मेदवार दिपेन्द्र ठाकुर घरदैलो कार्यक्रममा जुटेका छन् ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–५ मा उम्मेदवारद्वय महतो र ठाकुर भोट माग्न व्यस्त देखिएका हुन् । निर्वाचनको समय नजिकिएसँगै महतो र ठाकुर घरदैलोलाई निरन्तरता दिएका छन् ।

जनकपुरधामको शहरी क्षेत्र एकदमै महत्वपूर्ण र बौद्धिक क्षेत्र भएकोले विशेष प्राथमिकता दिएर आफूहरु घरदैलोलाई निरन्तरता दिएको प्रदेश सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र ठाकुरले बताए ।
उनले भने, ‘गठबन्धनका तिनैजना उम्मेदवार पालैपालो धनुषा (क) र (ख) मा समूहगत रूपमा घरदैलो कार्यक्रमलाई अगाडि बढाइरहेका छांै । जनताले पनि हामीलाई आशीर्वाद दिइरहेका छन् । हामी अत्यन्त उत्साहित छौं ।’

जनताले आफ्नो अमूल्य मत दिएर विजयी बनाउनेमा आफूहरु विश्वस्त रहेको र हामीले आफ्नो चुनावी कर्म इमान्दारीका साथ गर्दै आइरहेकोले चुनाव आफूहरुको पक्ष मै आउने ठाकुरले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


