पर्सा, २८ असोज । पर्सामा लरीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार बिहान वीरगञ्जमा लरीले ठक्कर दिँदा पोखरिया नगरपालिका–१ वनकटुवा बस्ने ६० वर्षीय विगा रामको मृत्यु भएको हो ।

वीरगञ्ज–२४ बहुवरीस्थित ड्राईपोर्टबाट परवानिपुरतर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लरीले बाटो काट्दै गरेका रामलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उपचारका लागि उनलाई नारायणी अस्पतालमा लगिएकोमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

ठक्कर दिने लरीका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।