पर्सामा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

पर्सा, २८ असोज । पर्सामा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो सिर्सिया सुक्खा बन्दरगाहको मूल गेटमा भएको दुर्घटनामा परी भारत घर भई हाल वीरगञ्ज–२३ मा बस्दै आएका ३० वर्षीय सन्तोष कुशवाहाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार प्रदेश २–०३–०२० प ८७९९ नम्बरको मोटरसाइकलबाट सुक्खा बन्दरगाह परिसरमा प्रवेश गर्न लागेका कुशवाहा सवार मोटरसाइकललाई ना ५ ख २२६१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक चालक फरार रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


