फिरौती बापत एक लाख रुपैयाँ नदिँदा विराटनगरमा एक युवकको हत्या

विराटनगर, २८ असोज । विराटनगरस्थित अप्सरा गेष्ट हाउसमा एक युवकको हत्या भएको छ ।
बिहीबार राति सिरहाका गोलबजार नगरपालिका घर भएका १८ वर्षीय अंशु सदाको हत्या भएको हो ।
सदालाई अपहरण गरेर सो गेष्ट हाउसको कोठा नम्बर १ मा अपहरणकारीहरूले हत्या गरेको प्रहरीले जनाएको छ । सदालाई अपहरणकारीहरूको समूहले २३ असोजदेखि सो गेष्ट हाउसमा राखेका थिए ।
उनीहरूले फिरौती बापत एक लाख रुपैयाँ रकम माग गरेको र सो नदिँदा युवकको हत्या गरेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
प्रहरीले युवकको हत्यामा संलग्न भएको आशङ्कामा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्कीलाई पक्राउ गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


