काठमाडौं, २७ असोज । निर्वाचन आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाइ प्रक्रिया बिहीबारबाट सुरु गरेको जनाएको छ ।

बिहीबार सञ्चारमाध्यमसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाइ प्रक्रिया सुरु गरिएको बताए ।

समानुपातिकतर्फको मतपत्र छपाइ कार्यक्रम जारी रहेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ बिहीबारबाट सुरु गरिएको उनले बताए ।