सिरहा, २७ असोज । सिरहा प्रहरीले चोरीको मोबाईल किनबेच गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

मोबाईल चोरी गर्ने र चोरी गरेको मोबाईल बेच्ने दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित प्रवक्ता प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिएका हुन् ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटेको विशेष प्रहरी टोलीले लहान नगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न मिति र समयमा मोबाईल चोरी गर्ने र चोरीको मोबाईल किनबेच गर्ने युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका–२३ बस्ने भरत कुमार यादव र २४ वर्षीय जिवछ कुमार यादव रहेका छन् । भरतले मोबाईल चोरी गर्ने गरेको र जिवछले सो मोबाईल बेच्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न ब्राण्डको ६ वटा मोबाईलसोत बरामद गरेको निमित्त प्रवक्ता प्रहरी निरीक्षक चौधरीले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।