लागुऔषध गाँजासहित तीन भारतीय नागरिक पक्राउ

हेटौंडा, २७ असोज । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत मोतिहारी जिल्ला बलहीका ३५ वर्षीय रमेश माझीको साथबाट साढे ३ किलो, हरिन्द्र माझीको साथबाट ४ किलो र दिलिप माझीको साथबाट ५ किलो गरि साढे १२ किलो गाँजा बरामद भएको हो ।
उनीहरूलाई मनहरी गाउँपालिका–८ सिमपानीबाट प्रहरीले पक्राउ गरेको बताइएको छ ।
बागमति प्रदेश ०३–००१च १३१८ नम्बरको गाडीमा राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको तीनैजनालाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


