काठमाडौं, २७ असोज । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई नयाँ अल्टिमेटम दिएको छ ।

कांग्रेसले ३१ असोजसम्म उम्मेदवारी निस्क्रिय पारेर कारवाही फुकुवा गर्ने जनाएको छ ।

यसअघि कांग्रेसले बागी उम्मेदवारी दिएकाहरुलाई स्वतः रुपमा ५ वर्षका लागि निस्कासन गरेको बताएको थियो । तर, अब त्यो कारवाही पनि ३१ असोजभित्र उम्मेदवारी निस्क्रिय भएको जनाएमा त्यस्तो कारवाही फुकुवा हुने जनाएको छ ।

बिहीबार कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याइ फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’