वडाध्यक्ष श्रेष्ठविरुद्ध नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा जाहेरी

बारा, २६ असोज । बाराको निजगढ नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष राजु श्रेष्ठविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।
पीडितका तर्फबाट वडाध्यक्ष श्रेष्ठविरुद्ध ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो ।
श्रेष्ठले १५ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टीकाका दिन अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडाध्यक्षमा विजयी भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


