निर्माणाधीन नालाको खाल्डोमा खसेर एकजनाको मृत्यु

रौतहट, २६ असोज । रौतहटको चन्द्रपुर गौर सडकखण्ड अन्तर्गत जयनगर चौकस्थित निर्माणाधीन नालाको खाल्डोमा खसेर एकजनाको मृत्यु भएको छ ।
गौर चन्द्रपुर सडकखण्डको जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको खाल्डोमा खसेर बुधबार बिहान ८ बजे देवाही गोनाही नगरपालिका–३ देवाही निवासी रामएकबाल साह तेलीको मृत्यु भएको हो ।
घरबाट साईकल चढेर गौर जान लागेको तेली जयनगर हस्पिटल अगाडि अन्य गाडी संग साइड लिनेक्रममा खाल्डोमा खसेर मृत्यु भएको देवाहीका पूर्व गाविस अध्यक्ष धर्मेन्द्र पटेलले बताएका छन् ।
घटना भएलगतै देवाही गोनाहीका पूर्व मेयर धर्मेन्द्र पटेल घटनास्थल पुगेर कल्भर्ट अधुरो छोडेका ठेकदारलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन कानुनी कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।
मृतकका आफन्तहरु शवलाई बाटोमा राखेर क्षतिपूर्ति तथा कार्वाहीको माग गर्दै आन्दोलन गरिरहेका छन । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण कुमार सिंहले दुबै पक्षका मानिसलाई राखेर वार्ता भैरहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


