मोरङमा ११ जनाको उम्मेदवारी फिर्ता

मोरङ, २६ असोज । मोरङमा प्रतिनिधिसभा सदस्यका ३ र प्रदेशसभातर्फ ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
बुधबार प्रतिनिधिसभातर्फ तीन क्षेत्रबाट एक–एक जनाले मनोनयन फिर्ता लिएका हुन् । प्रदेशसभा तर्फ ८ जनाले फिर्ता लिएका हुन् ।प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार सुजता थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।
मोरङ क्षेत्र नम्बर–४ बाट स्वतन्त्र उम्मेदवार गोकुलप्रसाद पोखरेल र मोरङ क्षेत्र नम्बर ६ बाट लोसपाका उम्मेदवार राजु मण्डल राजवंशीले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार १२ वटा प्रदेशसभा रहेको मोरङमा ८ जनाले मनोनयन फिर्ता लिएका हुन् ।
क्षेत्र नम्बर–१ (ख) बाट स्वतन्त्र उम्मेदवार डिल्लीराम शर्मा अधिकारी, ३ को (ख) बाट स्वतन्त्र उम्मेदवार तिलकप्रसाद राई, कञ्चनकुमार बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नम्बर ४ को (ख) बाट नेकपा एसका उम्मेदवार महेश रेग्मी, क्षेत्र नम्बर ५ को (ख) बाट स्वतन्त्र उम्मेदवार भूराज राईले उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नम्बर ६ को (ख) बाट नेकपा एसका उम्मेदवार वसिम आलम, जीवनकुमार गुप्ता र स्वतन्त्र उम्मेदवार सुरेशकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । मोरङमा दुइवटै क्षेत्रमा जम्मा २१६ जनाको उम्मेदवारी कायम भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


