रौतहट, २६ असोज । रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिन्ह पाएका छन् ।

रौतहट ३ का लागि उनलाई एमालेले टिकट दिएको थियो । तर, उनले अन्तिम समयमा स्वतन्त्रबाट उम्मेदवारी दिए ।

उनी गत निर्वाचनमा माओवादी केन्द्रबाट यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।