जनकपुरधाम, २६ असोज । जनकपुरधाममा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने २३ वर्षीय रामनारायण ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जनकपुरधाम–२३ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

मंगलवार साँझ ५ बजे ज ११ प ७५८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडक छेउमा रहेको पोलमा मोटरसाइकल ठोकिएको प्रहरी चौकी जिरोमाईलले जनाएको छ ।