लक्ष्मण थारुको उम्मेदवारी खारेज

धनगढी, २५ असोज । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी खारेज गरिएको छ । उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले लक्ष्मणको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो ।
लक्ष्मणको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो । उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्याई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए ।
सोही उजुरीको आधारमा उनको मनोनयन दर्ता खारेज भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


