काठमाडौंको १० निर्वाचन क्षेत्रमा २६५ जनाको उम्मेदवारी

काठमाडौं, २५ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ पुरुष र ३९ जना महिला रहेका छन् ।
काठमाडौं क्षेत्र नं.१ मा २२ पुरुष र १० जना महिला गरी कुल ३२ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.२ मा २६ पुरुष र ५ जना महिला गरी कुल ३१ जनाले उम्मेदवारी दिएका छन् ।
काठमाडौं क्षेत्र नं.३ मा २१ पुरुष र ३ जना महिला गरी कुल २४ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.४ मा ३३ पुरुष र २ जना महिला गरी कुल ३५ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै, काठमाडौं क्षेत्र नं.५ मा २६ पुरुष र ४ जना महिला गरी कुल ३० जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं.६ मा २३ पुरुष र १ जना महिला गरी कुल २४ जना उम्मेदवार मैदानमा उत्रेका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.७ मा २४ पुरुष र ५ जना महिला गरी कुल २९ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं.८ मा १७ पुरुष र २ जना महिला गरी १९ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी काठमाडौं क्षेत्र नं.९ मा १७ पुरुष र ५ जना महिला गरी २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
काठमाडौं क्षेत्र नं.१० मा १७ पुरुष र २ जना महिला गरी कुल १९ जनाको उम्मेदवारी परेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


