सर्लाही, २५ असोज । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको हरिपुर्वा नगरपालिका–९ खिला टोलस्थित भित्रि सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा स्थानीय बेचन राय यादवका १४ वर्षीय छोरा रितेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

श्रीनगरबाट खिला टोलतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ३४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बेचन राय यादवको टाउको, हात खुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको छ ।

यस्तै पछाडि सवार उनका छोराको टाउको र ढाडमा चोटलागेकोमा दुबै जनालाई उपचारका लागी बिराटनगर न्यूरोतर्फ पठाईएकोमा रितेशको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।