काठमाडौं, २४ असोज । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानविन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने स्पष्ट पारेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरुको उजुरीको छानविन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुंगो लगाउनेगरी आवश्यक व्यवस्था मिलाइएको बताएका हुन् ।

असोज २३ गते आइतबार निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिएको थियो भने सोमबार अपरान्ह ३ बजेसम्म त्यसमाथिको दावी विरोध र उजुरीको समय तोकिएको थियो ।

सोमबार संक्षिप्त कुरा गर्दै आयोगका प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लाहरूबाट विद्युत र टेलिफोन दुवै अवरुद्ध भएकाले त्यहाँ मनोनयन भएका उम्मेदवारहरूको डाटा भने आउन बाँकी रहेको जानकारी समेत दिए ।

आयोगले उम्मेदवारीमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरुको उम्मेदवारी स्वतः रद्ध हुने पनि बताएको छ ।