काठमाडौं, २४ असोज । कालिकोटमा मलामी गएका १५ जना बेपत्ता भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।

कालिकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका हुन् । उनीहरु स्थानीय हेमराज शाहीको अन्त्येष्टीका लागि मलामी गएका थिए ।

गाउँलेले प्रहरीलाई १५ जना बेपत्ता भएको खबर गरेका थिए । प्रहरीले घटनास्थलमा गएर आफूहरुले खोजी कार्य सुरु गर्ने तयारी गरेको बताएको छ ।