काठमाडौं, २४ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउने युवती नाबालिग नभएको दाबी गरिएको छ ।

सोमबार प्रहरीले म्याद थपका लागि अदालत लैजाँदा सन्दीप लामिछानेले समेत युवतीले आफू १९ वर्ष भएको बताउँदै आएको बताएका छन् ।

तर, उनले अध्ययनका क्रममा भविष्यमा फाइदा हुनसक्ने भन्दै उमेर घटाएर अर्को जन्मदर्ता पनि बनाएको सन्दीपका वकिलहरुले बताएका छन् ।

सन्दीपका वकिल सरोज घिमिरेले सन्दीप लामिछानेले अदालतमा यही विषयमा कुरा गरेको बताएका छन् । ‘सन्दीपमा कन्फिडेन्स थियो, उनी निर्दोष छु भन्नेमा विश्वस्त छन्,’ घिमिरेले भने ।

सन्दीपविरुद्ध उजुरी दिएकी युवतीका दुई वटा जन्मदर्ता भएको दाबी पनि सन्दीपका वकिलहरुले गरेका छन् ।