जनकपुरधाम, २४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भइसकेको छ ।

आ–आफ्ना पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेस प्रदेशमा एमालेका केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि ६ जना र प्रदेशसभाका लागि १७ जना एमाले नेताको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यी हुन् स्वतन्त्र उम्मेदवारी दिने एमाले नेताहरु :

प्रतिनिधिसभा तर्फः

प्रभु साह, रौतहट–३
किरण साह, रौतहट–२
प्रदिप साह, रौतहट–४
रामआधार कापड, महोत्तरी–३
मानबहादुर खडका, सर्लाही–१
सन्तोष श्रेष्ठ, पर्सा –१

प्रदेशसभा तर्फ
चन्द्रभुषण साह, सर्लाही १ (क)
रेनुका पौडेल, सर्लाही ३ (क)
उमेश कुशवाहा, बारा ४ (ख)
केशव राय चौधरी, रौतहट ३ (क)
कुन्दन कुशवाहा, रौतहट ३ (ख)
राजेश चौधरी, रौतहट १ (ख)
मनोज यादव, रौतहट १ (ख)
मुजिम राय, महोत्तरी ३ (क)
सुनिल रोहित, महोत्तरी ३ (ख)
गोपाल प्रसाद यादव, सिरहा ३ (ख)
योगेश सिंह, सिरहा २ (ख)
प्रमोद महतो, महोत्तरी १ (ख)
देवराज घिमिरे, बारा १ (क)
जयन्त कुशवाहा, बारा १ (ख)
कदम रसुल, पर्सा– (ख)
प्रह्लाद गुप्ता, पर्सा ४ (ख)
विनोद लामा, पर्सा २ (क)