मुख्यमन्त्री राउतले गराए पर्सा १(२) बाट उम्मेदवारी दर्ता

पर्सा, २३ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उनले पर्साको १(२) बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि २०७४ सालको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
राउतले ९ हजार ८०४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार सर्राफले ६ हजार ८२९ मत ल्याएका थिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


