जनकपुरधाम, २३ असोज । धनुषा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधि सभाका लागि रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन् ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेपछि उक्त क्षेत्रमा मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएको छ । नेकपा एसबाट प्रदेश सभामा शैलेन्द्र यादव र रामनारायण साहले उम्मेदवारी दर्ता गराएका छन् ।

उक्त क्षेत्रमा नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेपाली कांग्रेसबाट रामकृष्ण यादव, जनता समाजवादीबाट गंगाराम यादवले प्रतिनिधिसभाका लागि उम्मेदवारी गराएका छन् ।