लोसपाका वरिष्ठ नेता महतोले दिए सर्लाही–२ बाट उम्मेदवारी

सर्लाही, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधि सभाका लागि सर्लाही–२ बाट उम्मेदवारी मनोनयन गराएका छन् ।
उनीविरुद्ध नेपाल समाजवादी पार्टी अध्यक्ष महिन्द्रप्रसाद यादवले पनि उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनमा सहमति नहुँदा उनीहरू दुवैले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । यादव सोही क्षेत्रका निवर्तमान सांसद हुन् भने महतो धनुषा–३ का निवर्तमान सांसद हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


